परिचय

सर्वोच्च अदालत बार एशोसिएशनको स्थापना २०३० साल फागुन ८ गते भएको हो । यस बार एशोसिएशनका संस्थापक अध्यक्ष कुसुम श्रेष्ठ हुनुहुन्छ । प्रथम उपाध्यक्षमा सुशीला सिंह शिलु, सचिवमा दमननाथ ढुङ्गाना र कोषाध्यक्षमा बलराम काफ्ले हुनुहुन्छ । त्यसैगरी सदस्यहरुमा मधुप्रसाद शर्मा, लक्ष्मणप्रसाद अर्याल, झुलेन्द्रप्रसाद छतकुली, सुशीलकुमार सिन्हा, रामकृष्ण गौतम, वसन्तराम भण्डारी र अम्वरबहादुर पाण्डे हुनुहुन्छ ।