५१औ लेक्चर सिरिज कार्यक्रम
५१औ लेक्चर सिरिज कार्यक्रम
सर्वोच्च अदालत बार एशोसिएशनद्वारा मोतीकाजी स्थापित स्मृति प्रवचन शृङ्खला कार्यक्रमको २०८२ जेठ २२ गते नेपाल बार एशोसिएशन सभाकक्ष, रामशाहपथ, काठमाडौंमा उत्तरविधायिकी परीक्षण ः कानून व्यवसायीको भूमिका “Post– Legislative Scrutiny: Role of Lawyers” विषयमा कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा सर्वोच्च अदालत बार एशोसिएशनका सदस्य वरिष्ठ अधिवक्ता डा. श्री चन्द्रकान्त ज्ञवालीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने सो कार्यक्रमको अध्यक्षता सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता मेघराज पोखरेलको रहेकोे थियो ।
कार्यक्रमको सञ्चालन सचिव अधिवक्ता रमण कुमार कर्णले गर्नुभएको थियो । कार्यक्रममा उपत्यकास्थित उच्च अदालत बार पाटन, विशेष, काठमाडौं, ललितपुर, भक्तपुर काभ्रेपलाञ्चोक जिल्ल्ला अदालत बार एशोसिएशनका पदाधिकारीहरु नायव महान्यायाधिवक्ताहरु, वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरुको सहभागिता रहेको थियो ।