कानून दिवस २०८२
कानून दिवस २०८२
सर्वोच्च अदालत बार एशोसिएशनद्वारा कानून दिवस, २०८२ को उपलक्ष्यमा नेपालका महान्यायाधिवक्ता माननीय श्री रमेश बडालज्यूको प्रमुख आतिथ्यतामा “संविधान संशोधनः सम्भावना तथा चुनौतीहरू” विषयक कार्यक्रम २०८२ साल बैशाख २५ गते, बिहीबार महान्यायाधिवक्ता कार्यालयको सभाहल गौतम बुद्ध हलमा आयोजना गरि सम्पन्न गरिएको थियो । कार्यक्रममा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले प्रस्तुत गर्नुभएको कार्यपत्र माथि महान्यायाधिवक्ता माननीय श्री रमेश बडाल, नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्र, महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला, उच्च अदालत बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता विदुर प्रसाद ढुंगाना, नेपाल बार एशोसिएशनका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता श्री विश्वकान्त मैनालीले टिप्पणी गर्दै आफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा उपत्यकास्थित उच्च अदालत बार पाटन, विशेष, काठमाडौं, ललितपुर, भक्तपुर काभ्रेपलाञ्चोक जिल्ल्ला अदालत बार एशोसिएशनका पदाधिकारीहरु, नायव महान्यायाधिवक्ताहरु, वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरुको सहभागिता रहेको थियो ।