सर्वोच्च अदालत बार एशोसिएशन

Supreme Court Bar Association

अन्तरक्रिया कार्यक्रम

अन्तरक्रिया कार्यक्रम

सर्वोच्च अदालत बार एशोसिएशनको आयोजनामा मिति २०८१ साल चैत्र २ गते, शनिवारका दिन  Holiday Inn Resort  मुहानपोखरी, बूढानीलकण्ठ, काठमाडौंमा सम्माननीय प्रधानन्यायाधीश श्री प्रकाशमान सिंह राउतज्यूको प्रमुख आतिथ्यतामा बैंक तथा बित्तीय संस्थाको कर्जा असुली र अदालती दृष्टीकोण विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रममा सर्वोच्च अदालतका माननीय न्यायाधीशज्यूहरू, न्यायपरिषद्का माननीय सदस्यज्यूहरू, उच्च अदालतका माननीय मुख्य न्यायाधीशज्यू, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारज्यू ,नेपाल बार एशोसिएशनका तत्कालीन महासचिव अधिवक्ता श्री अन्जिता खनालज्यू, विशेष अदालतका माननीय (न्यायाधीश) अध्यक्ष तथा सदस्यज्यूहरू, ऋण असुली पुनरावेदन न्यायाधिकरणका माननीय अध्यक्षज्यू, श्रम अदालतका माननीय अध्यक्षज्यू, उच्च अदालतका माननीय न्यायाधीशज्यूहरू, नेपाल बार एशोसिएशन एवम सर्वोच्च अदालत बार एशोसिएशनमका पूर्व अध्यक्षज्यूहरू, सर्वोच्च अदालतका रजिष्ट्रारज्यूहरू, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक जिल्ला अदालतका माननीय न्यायाधीशज्यू, ऋण असुली न्यायाधिकरणका माननीय अध्यक्षज्यू, उच्च अदालत बार पाटन, विषेश, काठमाडौ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोक जिल्ला अदालत बार एशोसिएशनका अध्यक्ष सचिवज्यूहरू, विभिन्न बैंकहरुबाट प्रतिनिधित्व गरी पाल्नु भएका महानुभावहरू तथा वरिष्ठ अधिवक्ता एवम अधिवक्ताज्यूहरूको सहभागिता रहेको थियो । कार्यक्रममा वरिष्ठ अधिवक्ताद्वय श्री विष्णु प्रसाद बास्कोटा र शिव प्रसाद रिजालले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।