सर्वोच्च अदालत बार एशोसिएशनको ५१ औं बार दिवस
सर्वोच्च अदालत बार एशोसिएशनको ५१औं स्थापना दिवसको अवसरमा सम्माननीय प्रधानन्यायाधीश श्री प्रकाशमान सिंह राउतज्यूको प्रमुख आतिथ्यतामा २०८१ साल फागुन ८ गते, बिहीबार एक कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा संस्थापक सदस्य समेत रहनु भएका यस बारका पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता श्री वसन्तराम भण्डारीलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो । कार्यक्रममा सर्वोच्च अदालत बारको बिगत र आगामी कदमहरुको बारेमा उललेख गर्दै सम्माननीय प्रधानन्यायाधीशज्यूले र वरिष्ठ अधिवक्ता वसन्तराम भण्डारीज्यूले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा सर्वोच्च अदालतका सम्पूर्ण माननीय न्यायाधीशज्यूहरु, माननीय महान्यायाधिवक्ता, नेपाल बार एशोसिएशनका अध्यक्षज्यू, महासचिव एवम् पदाधिकारीहरु र वरिष्ठ अधिवक्ता एवम् अधिवक्ताहरुको सहभागिता रहेको थियो । साथै कार्यक्रम प्रश्चात चियापान कार्यक्रम समेतको आयोजना गरिएको थियो ।