सर्वोच्च अदालत बार एशोसिएशन

Supreme Court Bar Association

तारेख बोक्दा हैरान भइयो: सेवाग्राही यादव

तारेख बोक्दा हैरान भइयो: सेवाग्राही यादव

तारेख बोक्दा हैरान भइयो: सेवाग्राही यादव

पन्ध्र हजार रुपैयाँ विगो भएको भ्रष्टाचार (घूस) मुद्दामा विशेष अदालतले ठहर गरेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेका विश्वनाथ यादव तारेख बोक्दा हैरान भएको गुनासो गर्नुभएको छ । ०७५–CR–२५३४ नम्बरको उक्त मुद्दामा २०७६ साल पुष २९ गते विपक्षी झिकाउने आदेश भएको उहाँले बताउनुभयो । त्यसपछि १० पटक पेशी तोकिएको भएपनि ‘हेर्न नभ्याईने’ भनी जनिदै आएको उहाँले गुनासो गर्नुभयो । ‘प्रत्यर्थी झिकाउने आदेश भएपछि पनि १० पटक पेशीमा चढेको मेरो मुद्दामा सुनुवाई गर्ने पालो नै आउँदैन । पालो आउने गरी मुद्दाको संख्या तोकिएमा सबैलाई राहात हुने थियो कि ।’– उहाँको सुझाव थियो ।

प्रस्तुती; अधिवक्ता कीर्तिनाथ शर्मा पौडेल