सर्वोच्च अदालत बार एशोसिएशन

Supreme Court Bar Association

एक वर्षमा पनि फैसला आएन: सेवाग्राही

एक वर्षमा पनि फैसला आएन: सेवाग्राही

एक वर्षमा पनि फैसला आएन: सेवाग्राही

न्यायालयका सेवाग्राही राजेन्द्रबहादुर रायमाझी हतार हतार सर्वोच्च अदालतको बाहिर रहेको भ¥याङ झर्दै हुनुहुन्थ्यो । उहाँ हतारिएको देखेर सोध्न मन लाग्यो–‘यसरी किन हतारिदै भ¥याङ झर्नु भएको ?’ ‘समस्या परेर नै म हतारिएको हो’– उहाँले अस्पष्ट जवाफ दिनुभयो ।

त्यसपछि अदालतका सेवाग्राही रायमाझी र यस प्रतिनिधि बीच छोटो कुराकानी भयो । सेवाग्राही रायमाझीसँग सम्बन्धित लिखत बदर र निर्णय बदर दर्ता बदर गरी दुई थान मुद्दा सर्वोच्च अदालतमा २०७२ सालमा दायर भएको रहेछ । उहाँले तल्ला दुई तहको अदालतमा आफूले ती मुद्दा जितेको उल्लेख गर्नुभयो । विपक्षी सर्वोच्च अदालतमा आएको र यस अदालतमा पनि आफूले ती मुद्दा जितेको उल्लेख गर्नुभयो । उहाँको मुद्दा नम्बर ०७२–CI–२०६२ र ०७२–CI–२०६३ रहेछन् । २०८१ सालको भदौमा सर्वोच्च अदालतबाट आफूले मुद्दा जितेको बताउँदै उहाँले फैसलाको पूर्ण पाठ आउन भने ज्यादै ढिलो भएको उहाँले गुनासो थियो ।

‘सम्बन्धित इजलास अधिकृतले राजीनामा दिएर जानुभएछ । तर, उहाँले त्यो काम कसलाई जिम्मा दिनुभयो भन्ने बारेमा आफूले सोधखोज गर्दा पनि थाहा भएन, त्यसको गुनासो गर्न म हतारिएर प्रशासन प्रमुखको कोठामा जान लागेको हो ।’–सेवाग्राही रायमाझीको भनाई रहेको छ । काठमाडौंको धुम्बाराही बस्दै आउनु भएका रायमाझी फैसलाको पूर्ण पाठ तयार भए÷नभएको बारेमा बुझ्न साताको एक पटक अदालत पुग्नु हुँदो रहेछ । झण्डै एक वर्षसम्म पनि फैसलाको पूर्ण पाठ नआउँदा अचम्म लागेको उहाँले बताउनुभयो ।

प्रस्तुती  अधिवक्ता विकास भट्टराई