कानून व्यवसायी आचारसंहिता र अड्डा अदालतमा कानून व्यवसायीको मर्यादा र व्यवहार
यस बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता श्री मेघराज पोखरेलज्यूको अध्यक्षतामा २०८१ साल माघ २३ गते कर, कानून व्यवसायी आचारसंहिता र अड्डा अदालतमा कानून व्यवसायीको मर्यादा र व्यवहार विषयक मोतीकाजी स्थापित स्मृति प्रवचन शृङ्खला कार्यक्रमको आयोजना गरियो । कार्यक्रमको सञ्चालन यस बारका सचिव अधिवक्ता श्री रमण कुमार कर्णले गर्नुभएको थियो । कार्यक्रममा वरिष्ठ अधिवक्ता श्री लभ कुमार मैनालीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने उक्त कार्यपत्र उपर वरिष्ठ अधिवक्तद्वय श्री सविता भण्डारी बराल र डा. भीमार्जुन आचार्यले टिप्पणी गर्नु भएको थियो ।