Navigating the Skies: What a Lawyer Should Know About Nepal’s Aviation Law- Lecture Series 53th
सर्वोच्च अदालत बार एशोसिएशनद्वारा आयोजित मोतीकाजी स्थापित स्मृति प्रवचन शृङ्खला कार्यक्रम २०८२ साउन २७ गते नेपाल बार एशोसिएशन सभाहलमा सम्पन्न भयो । Navigating the Skies: What a Lawyer Should Know About Nepal’s Aviation Law विषयक कार्यक्रममा सर्वोच्च अदालतका पूर्व न्यायाधीश अनिल कुमार सिन्हाबाट कार्यपत्र प्रस्तुत गर्नुभएको उक्त कार्यक्रमको अध्यक्षता सर्वोच्च अदालत बार एशोसिएशनका कार्यवाहक अध्यक्ष अधिवक्ता अमर बहादुर राउतले गर्नु भएको थियो । कार्यक्रम प्रस्तोता अनिल कुमार सिन्हालाई सर्वोच्च अदालत बार एशोसिएशनको तर्फबाट मायाको चिनो प्रदान गरी सम्मान गरिएकाे थियाे ।