सर्वोच्च अदालत बार एशोसिएशन

Supreme Court Bar Association

विरोध एवम् दवाव कार्यक्रम

विरोध एवम् दवाव कार्यक्रम

२०८१ साल माघ २ गते काठमाडौं जिल्ला अदालतमा चलिरहेको संगठित अपराध गरी ठगी गरेको भन्ने मुद्दामा थुनछेक बहस गरी अदालतबाट बाहिर निस्कने क्रममा जाहेरवालाको तर्फबाट बहस गरेकै आधारमा बहस पैरवीका बुँदाहरूलाई लिएर एक समूहबाट यस बार एशोसिएशनका सदस्य वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको भौतिक आक्रमणको विरोध र समग्र कानून व्यवसायीहरूको सुरक्षाको सुनिश्चितता प्रत्याभूत गर्न गराउन दवाव स्वरुप मिति २०८१ साल माघ ६ गते आइतवार दिउँसो १ः०० देखि २ः०० बजेसम्म सर्वोच्च अदालत बार एशोसिएशनको प्राङ्गणमा कालोपट्टी बाँधी विरोध जनाउने कार्यक्रम आयोजना गरियो । कार्यक्रममा नेपाल बार एशोसिएशनका कार्यसमिति पदाधिकारीहरू साथै उपत्यका बार एशोसिएशनका पदाधिकारीहरु तथा वरिष्ठ अधिवक्ता एवम् अधिवक्ताहरुको सहभागिता रहेको थियो ।