सर्वोच्च अदालत बार एशोसिएशन एक व्यावसायिक संस्था हो । स्वतन्त्र, सक्षम तथा उत्तरदायी न्यायपालिका, विधिको शासन, लोकतन्त्र र मानवअधिकारका लागि दृढतापूर्वक आफ्नो काम, कारबाही अगाडि बढाउन र सदस्यहरुको हकहित, मर्यादा एवम् वृत्ति विकासका काम गर्ने उद्देश्यले तत्कालीन कानूनमा स्नातक गरी सर्वोच्च अदालतमा कानूनी अभ्यास (वकालत) गर्ने कानून व्यवसायीहरूको सक्रियतामा वि.सं. २०३० साल फागुन ८ गते सर्वोच्च अदालत बार एशोसिएशनको स्थापना भएको हो ।
२००८ साल साउन ७ गते प्रधान न्यायालाय ऐन, २००८ बमोजिम तत्कालीन प्रधान न्यायालायको पुनर्संरचना गरी प्रधानन्यायाधीश हरिप्रसाद प्रधानलाई नियुक्ति गरेपछि उहाँको सक्रियतामा साविक मुलुकी ऐन अ.ब.१६ मा व्यवस्थित मुद्दाको रोहमा पक्षको तर्फबाट बोलिदिने व्यक्तिलाई वकीलको संज्ञा दिई नेपालमा सर्वप्रथम वकालत प्रथाको प्रारम्भ भएको थियो ।
सबै हेर्नुहोस्